काठमाडौं । नेपालका कमल श्रेष्ठले विश्व अनलाईन पुम्से च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् ।
फ्रान्समा जारी अनलाईन च्याम्पियनसिपको ३० वर्ष मुनिको विधामा कमलले स्वर्ण जितेका हुन् ।
कमलले गत मंसिरमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाललाई स्वर्ण दिलाएका थिए ।
नेपाल पुलिस क्लबबाट खेल्ने कमलले नेपालकै दुई खेलाडीलाई पछि पार्दै स्वर्ण जितेका हुन् ।
आयोजकले सार्वजनिक गरेको नतिजा अनुसार कमलले ७.६७ अंक प्राप्त गरेका छन् ।
यस्तै रजत जितेका जितबहादुर बोटेले ७.५४ र कास्य जितेका प्रेमबहादुर लिम्बुले ७.५० अंक पाएका छन् । फ्रान्सका मोहम्मद गुड्रीले समेत कास्य जितेका छन् ।
यसै विधामा नेपालका सुरेन्द्र बहादुर महरा नवौं स्थानमा रहेका छन् ।
महिला ३० वर्ष मूनिको विधामा नेपाली पार्वती गुरुङले रजत पदक जितेकी छिन् । पार्वती १३ औं सागकी स्वर्ण पदक विजेता हुन् । अर्का नेपाली सिता तामाङ भने १२ औं स्थानमा रहिन् ।
च्याम्पियनसिपमा सहभागिता जनाउन खेलाडीले पुम्सेका २ वटा भिडियो आयोजकलाई पठाएका थिए ।
च्याम्पियनसिपमा नेपालका ७ खेलाडीले भाग लिएका छन् । अब ५० वर्ष मुनि लक्ष्मण बहादुर ऐरको प्रतिस्पर्धा बाँकी रहेको छ ।
कमलको भिडियो -