एजेन्सी । कोरोना भाईरसको कारण बेलायती बक्सर एन्थोनी यार्डेका बुबाको मृत्यु भएको छ ।
२८ वर्षे बक्सर एन्थोनीले सामाजिक संजालबाट कोरोनाको कारण आफ्नो बुबाको निधन भएको बताएका छन् ।
'म अझै आघातमा छु तर यसले मानिसलाई घरमा रहन मद्दत गर्दछ। मेरो बुवा हिजो यस भाईरसको कारण बित्नुभयो र उहाँमा कुनै स्वास्थ्य समस्या थिएन,' एन्थोनीले भनेका छन्।
यस्तै उनले कोरोनाबाट जोगिन घरमै बस्न समेत आग्रह गरेका छन् ।
कोरोनाको कारण बेलायतमा १२ सय २८ जनाको मृत्यु भईसकेको छ । आइतबारसम्म १९ हजार बढी संक्रमित भएका छन् ।