काठमाडौं । नेपालकी कुसुम तामाङले हंगेरीमा हुने आइवा युथ विश्व पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएकी छिन् ।
बुढापेस्टमा हुने च्याम्पियनसिपमा कुसुमले ५७ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछिन् । उनको तौलसमूहमा २० भन्दा बढी राष्ट्रको सहभागिता रहने जनाएको छ ।
कुसुम चार महिना अघि थाइल्यान्डमा भएको एएसबीसी युथ बक्सिङ च्याम्पियनसिपको दोस्रो चरणमा भियतनाकी खेलाडी डो होन जोकसंग पराजित भएकी थिईन् । तर, डो होन जोकले स्वर्ण जितेका करण कुसुमले वरीयताको आधारमा च्याम्पियनसिप खेल्ने मौका पाएको संघका सदस्य श्याम अवालेले बताए ।
कुसुम राखेप च्याम्पियनसिपको च्याम्पियन पनि हुन् । खेलाडी कुसुमले निरन्तर प्रशिक्षण भएका कारण नेपालका लागि पदक जित्ने लक्ष्य रहेको बताए ।
च्याम्पियनसिपको लागि कुसुम र प्रशिक्षक व्यवस्थापक पुस्कर राज पन्त आइतबार त्यसतर्फ प्रस्थान गरेका छन् । नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का खेलकुद बिकास बिभागिय प्रमुख कुलबहादुर थापा,नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले लगायत संघका पदाधिकारीले बिदाई गरे ।
नेपाली टोलीलाई बिदाई गर्दै संघका अध्यक्ष राम अवालेले पदक आफ्नो ठाउमा रहेको र सकेसम्म राम्रो खेल्दै दुई÷चार बाउट जितको लागि शुभकामना दिए ।