काठमाडौं । विश्व तेक्वान्दो एशिया स्ट्यान्डीङ कमिटीले आफ्ना विभिन्न उमसमितीमा २२ नेपालीलाई चयन गरेको छ ।
नेपाल तेक्वान्दो संघले गरेको सिफारिसको आधारमा कमिटीले उनीहरुलाई चयन गरेको हो ।
सल्लाहाकार कमिटीमा नेपाल तेक्वान्दो संघका उपाध्यक्ष सञ्जिव रेग्मी रहेका छन् ।
यसैगरी, उपाध्यक्ष हरिश्वर पोखरेल इथीक कमिटीमा,उपाध्यक्ष भोज बहादुर शाह शिक्षा कमिटीमा, उपाध्यक्ष न्यायीक कमिटीमा नन्द कुमार राई, उपाध्यक्ष दिल बहादुर वली नेतृत्व कमिटीमा र उपाध्यक्ष भानु बहादुर चन्द मार्केटिङ कमिटीमा चयन भएका छन् ।
कोषाध्यक्ष कसिम मिया धोवी पाराओलम्पिक कमिटीमा तथा मुख्य प्रशिक्षक तथा संघका सचिव नविन कुमार श्रेष्ठ ग्योरोगी कमिटीमा रहेका छन् । सह कोषााध्यक्ष सुमन कुमार घले आर्थिक कमिटीमा रहेका छन् । यसैगरी, डा. सरोजकृष्ण श्रेष्ठ एन्टी डोपीङ तथा मेडिकल कमिटीमा र संघका सचिव दिपक विष्ट एथलेटिक्स कमिटीमा छन् ।
क्याडेट कमिटीमा सहायक मुख्य प्रशिक्षक संगीना बैद्य, प्रशिक्षक कमिटीमा श्रीमान थापा मगर,कोलिगेट कमिटीमा भरत मर्हजन तथा विकास कमिटीमा कविराज खड्गी रहेका छन् ।
खेल कमिटीमा हिरा बहादुर थापा, मिडिया कमिटीमा हेमन्त डाँगी, पुम्से कमिटीमा मिन न्यौपाने, सस्टेबेनलीटी कमिटीमा टिका प्रसाद लिम्बू, प्राविधिक कमिटीमा नोर्बु लामा, महिला कमिटीमा नन्दा बस्याल र युवा कमिटीमा कोशिष बहादुर खड्का चयन भए ।
कमिटीमा चयन हुनेलाई नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शम्शेर राणाले बिहिबार प्रमाणपत्र वितरण गरे ।