काठमाडौं । मौसम राना मगर र सुस्मा तामाङ बिर गणेशमान सिंह बक्सिङ च्याम्पियनसिपको छनोटमा सर्बाेत्कृष्ट खेलाडी चुनिएका छन् ।
भक्तपुरको सानोठिमीस्थित मध्यपुर युथ एसोसियनको मैदानमा भएको प्रदेश नम्बर दुई र बागमती प्रदेश छनोटमा पुरुषतर्फ मौसम राना मगर र महिलातर्फ सुस्मा तामाङ सर्बाेत्कृष्ट खेलाडी चुनिएका हुन् ।
योसँगै काठमाडौंको बसन्तपुर डबलीमा हुने प्रतियोगिताको प्रदेश २ र बागमती प्रदेशको छनोट पुरा भएको छ । बागमती प्रदेशबाट १३ खेलाडी छनोट भए । कुल १४ खेलाडीको कोटा रहेपनि ८१ केजीमा कुनै खेलाडी सहभागी नहुँदा १३ खेलाडी मात्रै छनोट भएका हुन् ।
तीन दिनसम्म चलेको प्रतियोगिताको अन्तिम दिन पुरुषतर्फ ४९ केजीमा मकवानपुरका अनन्त ओझा, ५५ केजीमा काठमाडौंका मदन कृष्ण डंगोल छनोट भए ।

५६ केजीमा नुवाकोटका प्रशान्त लामा, ६० केजीमा काठमाडौंका मौसम राना मगर, ६४ केजीमा नुवाकोटका शौरभ बिमली छनोट भए । ६९ केजीमा काभ्रेका दावा छिरिङ लामा छनोट भए । यस्तै, ६५ केजीमा भने मकवानपुरकै निश्चल बिष्ट छनोट भए ।
यस्तै, महिलातर्फ ४८ केजीमा काठमाडौंबाट सुस्मा तामाङ, ५१ केजीमा मनिषा राई, ५४ केजीमा शिवानी श्रेष्ठ र ५७ केजीमा मन्दिरा पतुवार छनोट भए । यस्तै, ६४ केजीमा काभ्रेकी हिमा राई छनोट हुँदा ६० केजीमा रामेछापको डोल्मा तामाङ छनोट भईन् ।
सर्वाेत्कृष्ट दुबै खेलाडीले नगद ५ हजार प्राप्त गरे भने अन्य छनोट भएका खेलाडीले मायाको चिनो र प्रमाण पत्र प्रदान गरिएको थियो ।