काठमाडौं । जापानमा आयोजना हुने टोकियो ओलम्पिकका लागि जोर्डनमा जारी एशिया÷ओसियाना बक्सिङ छनोटमा नेपालकी मिनु गुरुङ पहिलो खेलमा पराजित भएकी छिन् ।
अमान शहरमा जारी छनोट अन्तर्गत बुधबार महिला ५७ के.जी तौलसमूहमा मिनु कोरियन खेलाडी ईम ऐजीसँग अंकको आधारमा पराजित भईन् ।
सन् २०१७ को युथ वर्ल्ड च्याम्पियन रहेकी कोरियन खेलाडीसँग मिनुले पहिलो राउण्ड निकै राम्रो खेले पनि दोस्रो र तेस्रो राउण्डमा खेल्न नसक्दा युनानिमस डिसिजनको आधारमा पराजित भईन् ।
छनोट अन्तर्गत नेपालका अर्को खेलाडी सनिल शाहीले बिहिबार प्रि–क्वाटरफाइलको खेलमा एशियन बक्सिङको एक नम्बर ताजकिस्तानका खेलाडी उनमोनोभ बाखोदुरसँग खेल्ने छन् ।