काठमाडौं । प्रथम रोयल राष्ट्रव्यापी यू–२३ पुरुष बास्केटबल प्रतियोगिताको उपाधि आयोजक रोयल सेन्ट्रल स्पोर्ट्स क्लबले जितेको छ ।
ललितपुरको सानागाउँमा मंगलबार भएको फाइनलमा टाइम्स इन्टरनेसनललाई हराएर आयोजक च्याम्पियन बनेको हो ।
उपाधि जित्ने क्रममा रोयलले टाइम्सलाई ६२-५८ को झिनो अन्तरले हरायो ।
उपाधिसँगै रोयलले ५० हजार नगद पुरस्कार प्राप्त गरेको छ ।
टाइम्सका विजेश तामाङ उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए । बापेकका सजक केसीले उदीयमान खेलाडीको ट्रफी चुमे ।
प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो ।
सहभागी टिमहरुमा आयोजक रोयलसहित जेभियर इन्टरनेसनल, टाइम्स, हिमालयन ह्वाइटहाउस, साइपाल एकेडेमी, गोल्डेनगेट, बापेक, कास्की, बूढानीलकण्ठ र सोलो बास्केटबल रहेका थिए ।