ओलम्पिकका लागि करातेको प्रशिक्षण सुरु
सोमबार, फागुन १९, २०७६खेलपाटी संवाददाता
काठमाडौं । रुस कराते महासंघबाट आएका ग्रान्ड मास्टरसहितको टोलीले नेपाली कराते टोलीलाई सोमबार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा प्रशिक्षण दिएको छ ।
सागका पदक विजेता खेलाडीसहित ओलम्पिक सोलिडारिटी कोर्समा छनोट भएका खेलाडी नवीन रसाइली र अनु अधिकारी प्रशिक्षणमा सहभागी भएको ओलम्पिक सोलिडारिटीमा परेका कराते प्रशिक्षक दीपक श्रेष्ठले जनाएका छन् । उनका अनुसार टोकियो ओलम्पिक– २०२० का लागि करातेको प्रशिक्षण पनि सुरु भएको छ ।
रुसको टोलीले नेपाल प्रहरी, पोखरालगायतका खेलाडी पनि प्रशिक्षण दिने कार्यक्रम रहेको बताइएको छ । प्रशिक्षणका दौरान नेपाल कराते महासंघका उपाध्यक्ष पुरेन्द्रविक्रम लाखेलगायतको उपस्थिति थियो ।






-1761998475071.jpg&w=3840&q=75)
-1761641224925.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)

-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


