काठमाडौं । नेपाल इन्जिनियर्स एशोसिएसनको युथ एन्ड स्पोर्ट्स कमिटीले शनिबार इन्जिनियर्स सम्मेलन दौड गर्ने भएको छ ।
पुल्चोकस्थिति हरिहर भवनस्थित ईन्जिनियस भवनबाट ५ किलोमिटर दौड शुरु भई, नेपाल प्रज्ञा प्रतिष्ठानमा अन्त्य हुने युथ एण्ड स्पोर्टस कमिटीका अध्यक्ष प्रदिप कुमार खत्रीले बताए । दौडमा करिब ५ सय जनाको सहभागीता हुने खत्रीले बताए ।
नेपाल ईन्जिनियर्स एशोसिएसनको १६ औं राष्ट्रिय ईन्जिनियस सम्मेलनको पुर्वसन्ध्या हुन लागेको सो दौडको महिला र पुरुष विजेताले जनही १० हजार नगद पुरस्कार प्राप्त गर्ने युथ एन्ड स्पोर्टस कमिटीका सदस्य–सचिव ई अनिल मानन्धरले बताए ।
महिला-पुरुष दुवैको विजेताले समान १० हजार पुरस्कार प्राप्त गर्ने छन् । दोस्रो हुनेले ७ हजार नगद पुरस्कार प्राप्त गर्ने छ । तेस्रो हुने खेलाडीले ३ हजार नगद पुरस्कार प्राप्त गर्ने छ ।
दौड हरिहरभवनबाट शुरु भई, कुपन्डोल, बागमति पुल, थापाथली, माइतीघर, शहिदगेट, जमल हुँदै नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न हुने छ ।
२१ फागुनमा विश्व इन्जिनियरिङ दिवसका अवसरमा प्रज्ञाप्रतिष्ठान कमलादीमा १६ औं राष्ट्रिय ईन्जिनियर सम्मेलन हुन गइरहेकाले खेलकुदलाई समेत समावेश गर्ने उद्देश्यले दौड गरिएको अध्यक्ष प्रा.डा. त्रिरत्न बज्राचार्यले बताए ।