काठमाडौं । कास्की र गोल्डेनगेटले प्रथम रोयल राष्ट्रव्यापी यु–२३ पुरुष बास्केटबल प्रतियोगितामा बिहीबार जित हात पारेका छन् ।
आयोजक रोयल स्पोर्ट्स सेन्ट्रलको सानागाउँस्थित कोर्टमा कास्कीले बूढानीलकण्ठलाई ७२–६३ ले पराजित गर्यो । फ्रेस बाइट्स ‘म्यान अफ द म्याच’ राजेन्द्र पुनले २३ अंक योगदान गरे ।
कास्कीले पहिलो क्वाटरमा १८–१७ र दोश्रोमा १७–१० को अग्रता लियो । तेश्रोमा १६–१८ ले पछि परेको कास्की चौथोमा पुनः २१–१८ ले अगाडि रह्यो ।
फ्रेस बाइट्स ‘म्यान अफ द म्याच’ अभिषेक सिंहको २१ अंक सहयोगमा गोल्डेनगेटले ह्वाइटहाउसलाई ७०–५७ ले हरायो ।
गोल्डेनगेटले सुरुआतका दुई क्वाटर २४–१२ र १६–१५ ले आफ्नो पक्षमा पार्यो । बाँकीका दुई क्वाटर १७–१७ र १३–१३ को समान स्थितिमा टुंगियो ।
दिनको अन्तिम खेलमा सोलो बास्केटबल नेपालले बापेकलाई ६८–३५ ले पाखा लगायो । सोलोका प्रसाङ मास्केले १८ स्कोर गरे । सोलोकै जसाङ सुनुवार फ्रेस बाइट्स ‘म्यान अफ द म्याच’ चुनिए ।
चौथो क्वाटर ९–९ को बराबरीमा टुंगिएको थियो भने बाँकीमा सोलो हावी रह्यो । सोलोले सुरुका तीन क्वाटरमा क्रमशः २३–१३, १९–५ र १७–८ को प्रदर्शन गर्यो ।