एजेन्सी । बेलायती बक्सर टाइसन फुरी दोस्रो पटक वर्ल्ड हेविवेट च्याम्पियन बनेका छन् ।
अमेरिकाको लस भेगासमा आइतबार अमेरिकी बक्सर डिओन्टे विल्डरलाई हराउँदै फुरी हेविवेट च्याम्पियन बनेका हुन् ।

फुरीले विल्डरलाई सातौं राउण्डमा पराजित गरे । उनी पहिलो राउण्डबाटै घरेलु खेलाडीमाथि हाबी भएका थिए ।
३१ वर्षे फुरीले विल्डरलाई तेस्रो र पाँचौं राउण्डमा नकआउट पन्च प्रहार गरेका थिए ।


