काठमाडौं । ह्वाइटहाउस र जेभियर इनटरनेसनल आईआईएमएस पाँचौं यु–१८ राष्ट्रिय पुरुष बास्केटबल प्रतियोगितामा मंगलबार फाइनलमा प्रवेश गरेका छन् ।
पहिलो सेमिफाइनलमा ह्वाइटहाउसले न्यु जेनिथलाई ७५–५६ ले पराजित गर्यो ।
ह्वाइटहाउसको जितमा सुरज खत्रीले २५ अंक योगदान गरे । सविन कार्कीको १५ अंक सहयोगमा जेभियरले समृद्धिलाई ७३–६६ ले हरायो ।
फाइनल बुधबार हुनेछ ।
बुधबार नै न्यु जेनिथ र समृद्धिले तेश्रो स्थानका लागि खेल्ने छन् ।