काठमाडौं । समृद्धि र टाइम्सले आईआईएमएस पाँचौं यु–१८ राष्ट्रिय पुरुष बास्केटबल प्रतियोगितामा बिहीबार विजयी सुरुआत गरेका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा समृद्धिले एलआरआईलाई ६३–५४ ले पराजित गर्यो ।
समृद्धिका खड्का गुरुङले २१ अंक जोडे । टाइम्सले गोल्डेनगेटलाई ८१–६९ ले हरायो । टाइम्सका पेम्बा शेर्पाले २६ स्कोर गरे ।
प्रतियोगिताको राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले एक कार्यक्रमबीच उद्घाटन गरे ।
सो अवसरमा आयोजक नेपाल बास्केटबल संघले १३ औं साग सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण योगदान पु¥याएवापत सदस्य–सचिव सिलवाललाई दोसल्ला र सम्मान पत्रबाट सम्मान गरेको थियो ।
फागुन ७ गतेसम्म चल्ने प्रतियोगितामा १२ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।