काठमाडौं । टेक्सास कलेजले अन्तर कलेज फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
धयन्तरी फुटसलसंग मिलेर टेक्सासले टेक्सास धयन्तरी अन्तर कलेज फुटसल प्रतियोगिता आयोजना गर्ने तय भएको हो ।
आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा प्लस टूमा अध्यनरत विद्यार्थीले सहभागीता जनाउन पाउने जानकारी दिईएको छ ।
आयोजकका अनुसार काठमाडौंका करिब २० कलेजले प्रतियोगितामा सहभागीता जनाउनेछन् ।
प्रतियोगिताको विजेताले एक लाख रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै दोस्रोले ५० हजार र तेस्रोले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
खेलकुदको माध्यमबाट विद्यार्थीबीच सम्बन्ध स्थापित गर्न फुटसल आयोजना गरिएको आयोजकले जनाएको छ ।
टेक्सासले प्रतियोगितामा सहभागी विद्यार्थीलाई आफ्नो कलेजमा एक लाख रुपैयाँको छात्रवृत्ति स्नातक तहको पाठ्यक्रममा उपलब्ध गराउने बताएको छ ।
उसका अनुसार फुटसल खेल्ने विद्यार्थीले बीबीए, बीआईटी, बीबीएम, बीसीएस, बीसीए र बीएचएममा एक लाख रुपैयाँको छात्रवृति पाउने उल्लेख गरेको छ ।