काठमाडौं । ढोरपाटन महिला डबल लिग भलिबल च्याम्पियनसिपमा न्युडायमण्डको अपराजित यात्रमा पूर्ण विराम लागेको छ ।
सोमबार भएको खेलमा न्युडायमण्ड आर्मीसंग ३–० को सोझो सेटमा पराजित गर्यो । आर्मीले न्युडायमण्डलाई २५–२०, २५–१५, २५–१२ को सेटमा हरायो । मुख्य खेलाडी प्रतिभा माली बिना प्रतियोगितामा उत्रिएको न्यु डायमण्डले लिगको पाँचौ खेलमा हार ब्यहोरेको हो ।
अर्को खेलमा प्रतियोगिताको अपराजित टिम एपीएफले बुलबुलेलाई ३–० को सोझो सेटमा हराउँदै शीर्ष स्थानमा उक्लियो । उसले बुलबुलेलाई २५–२०, २५–१२ र २५–१० को सेटमा पराजित गर्यो ।
अन्य खेलमा चितवनले सेब स्कुललाई ३–० को सेटमा हरायो । चितवनले सेब स्कुलमाथि २५–८, २५–७ र २५–५ को सेटमा पराजित गर्यो ।
अर्को खेलमा पुलिसले ढोरपाटनलाई २५–६, २५–१० र २५–७ को सेटमा पराजित गर्यो ।
अन्य खेलमा चितवनले पारामाउण्टलाई ३–० को सोझो सेटमा हरायो । उसले २५–१३, २५–११ र २५–१२ को सेटमा जित निकाल्यो ।
प्रकाशका कारण सोमबारका लागि सकेको अर्को खेलमा ढोरपाटनले पारामाउण्टमाथि २५–११, २५–१४ र २५–१३ को सेटमा हरायो ।
पाँचौ खेलसम्म अपराजित एपीएफ १४ अंक सहित शीर्ष स्थानमा उक्लियो । पुलिस १३ अंक सहित दोस्रो, न्युडायमण्ड १२ अंक सहित तेस्रो स्थानमा रह्यो ।
चौथो स्थानको आर्मी र पाँचौ स्थानको बुलबुलेको समान ९ अंक छ । छैटौ र सातौ स्थानमा रहेका चितवन र ढोरपाटनले ६ अंक जोडेको छ । पारामाउण्ट ३ अंक सहित आठौं स्थानमा यथावत छ ।