काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टिमकी स्पाइकर प्रतिभा मालीको घुँडाको सफल शल्यक्रिया भएको छ ।
त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालमा प्रतिभाको घुँडाको चोटको सफल शल्यक्रिया भएको हो ।
न्यु डायमण्ड स्पोर्ट्स क्लबकी स्पाइकर प्रतिभाको अर्थोपेडिक सर्जन डा. प्रज्वलमान श्रेष्ठको नेतृत्वमा आइतबार राति सफल शल्यक्रिया भएको हो ।
घुँडाको सफल शल्यक्रिया गरिएपनि प्रतिभा ९ देखि १२ महिना कोर्ट बाहिर रहने छिन् ।
प्रतिभाले पाँचौ संकरणको आरबीबी एनभीए राष्ट्रिय महिला-पुरुष क्लब भलिबल च्याम्पियनसिप भलिबलको दौरान बाँया घुँडाको चोट बोकेकी थिइन् ।
एपीएफविरुद्धको फाइनल खेलको तेस्रो सेटको दौरान प्रतिभाले चोट बोकेकी थिइन् । एपीएफविरुद्ध स्पाइक गर्ने क्रममा प्रतिभा लड्न पुगेकी थिइन् ।