काठमाडौं । सर्वाधिक पुरस्कार राशीको हब ईन्टरनेश्नल एजुकेशन ईन्टर 'प्लस टू' फुटसल प्रतियोगिताको उद्घाटन खेलमा टेक्सास र टाईम्स कलेज भिड्नेछन् ।
शुक्रबार सार्वजनीक 'ड्र' अनुसार समूह एका टेक्सास र टाईम्स उद्घाटन खेलमा भिड्ने पक्का भएको हो ।
प्रतियोगिताको सम्पूर्ण खेल महाराजगञ्जस्थित ढुकु फुटसल हबमा सञ्चालन हुनेछ ।
भिजन मिडिया ईनकर्पोरेशनको आयोजनामा सञ्चालन हुने प्रतियोगितामा १७ टिम सहभागी छन् ।
सहभागी टिमलाई चार समूहमा विभाजन गरिएको छ ।
उद्घाटन खेल हुने मैदानको दोस्रो खेलमा साईपाल र सीसीआरसी, तेस्रो खेलमा न्यु जेनिथ र क्यारेबियन, चौथोमा केईबीएस र केभीएस, पाँचौमा टेक्सास र साईपाल, छैटौंमा टाईम्स र सीसीआरसी, सातौमा न्यु जेनिथ र केईबीएस, आठौंमा क्यारेबियन र केभीएस, नवौंमा टेक्सास र सीसीआरसी, दशौंमा टाईम्स र साईपाल, एघारौंमा न्यु जेनिथ र केभीएस तथा बाह्रौ खेलमा क्यारेबियन र केईबीएस भिड्नेछन् ।
यस्तै, अर्को मैदानको पहिलो खेलमा लोयल्टी र गोल्डेनगेट, दोस्रो खेलमा प्रिमियर र एसओएस, तेस्रोमा ओमेगा र टीआईभीएसएस, चौथोमा लिन्कन र लोयल्टी, पाँचौमा निस्ट र गोल्डेनगेट, छैटौंमा प्रिमियर र पासाङ ल्हामु, सातौंमा एसओएस र टीआईभीएसएस, आठौंमा लिन्कन र निस्ट, नवौंमा प्रिमियर कलेज र टीआईभीएसएस कलेज भिड्नेछन् ।
यस्तै, दशौं खेलमा एसओएस र पासाङ ल्हामु, एघारौंमा निस्ट र लोयल्टी, बाह्रौमा पासाङ ल्हामु र ओमेगा, तेह्रौमा लिन्कन र गोल्डेन गेट, चौधौमा एसओएस र ओमेगा, पन्ध्रौमा पासाङ ल्हामु र टीआईभीएसएस तथा सोह्रौ खेलमा प्रिमियर र ओमेगा भिड्नेछन् ।
समूहका शीर्ष दुई टिम क्वार्टरफाईनलमा प्रवेश गर्नेछन् ।
लिग कम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगिताको विजेताले उपाधि सहित १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले ६० हजार र तेस्रो हुने टिमले ३० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
यस्तै, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताले जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगिताको मुख्य प्रायोजकमा हब एजुकेशन कन्सलटेन्सी रहेको छ । यस्तै, थेम्स कलेज, हेराल्ड कलेज, ईम्पेरियल कलेज, प्राईम एजुकेशन, केआईसी कलेज, सानिमा लाईफ ईन्स्योरेनस र वर्गर स्याकले प्रायोजकको रुपमा प्रतियोगितालाई सहयोग गरेका छन् ।
खेलपाटी डटकमले मिडिया पार्टनरको रुपमा प्रतियोगितालाई सघाउनेछ ।