कराते टोली भारत जाने
बुधबार, माघ १५, २०७६खेलपाटी संवाददाता
काठमाडौं । चौथो अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन ६ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली शुक्रबार भारतको विषाखापट्नम जाँदैछ ।
जनवरी ३१ देखि फेब्रुअरी २ तारिखसम्म हुने प्रतियोगितामा पुरुषोत्तम पोखरेल, नानुमाया राई, लक्ष्मी तामाङ, जेशिका खत्री, भक्तबहादुर थापा मगर र टासी छिरिङ लामाले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
प्रमुख प्रशिक्षकमा नेपाल वादोरियो कराते डो संघका अध्यक्ष समेत रहेका नेपाल कराते महासंघका महासचिव हरिशरण केसी रहेका छन् ।
टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे ।






-1761998475071.jpg&w=3840&q=75)
-1761641224925.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)

-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


