काठमाडौं । १५ औं संस्करणको सानमिगेल ढोरपाटन महिला डबल लिग भलिबल च्याम्पियनसिपमा १० टिमले प्रतिस्पर्धा गर्ने भएका छन् ।
आयोजक ढोरपाटन स्पोर्ट्स क्लबले बिहिबारबाट सुरु हुने यस संस्करणमा १० टिमले प्रतिस्पर्धा गर्ने जनाएको छ ।
यस संस्करणमा साविक विजेता नेपाल एपीएफ क्लब, न्यु डायमन्ड एकेडमी, सेब स्कुल, बुलबुले रारा क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, पारामाउण्ट माबि, चुली युवा क्लब, चितवन टाइगर्स र ढोरपाटन क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको पहिलो दिन चार खेल हुनेछ । पहिलो खेलमा बुलबुले रारा र चुली युवा क्लबबीच प्रतिस्पर्धा हुँदा दोस्रो खेलमा आर्मी र सेबबीच खेल हुनेछ ।
यस्तै तेस्रो खेलमा एपीएफ र चुली तथा अन्तिम खेलमा न्यु डायमन्ड र पारामाउण्टबीच खेल हुनेछ ।
माघ २८ गतेसम्म चल्ने प्रतियोगिताको पहिलो चरणको लिगपछि शीर्ष ७ टिम दोस्रो चरणमा पुग्नेछ । दोस्रो चरणको लिगपछि शीर्ष टिमले उपाधि जित्नेछ ।
नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको भलिबल कोर्टमा आयोजना हुने च्याम्पियनसिपको विजेताले ४ लाख ५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै उपविजेतालाई २ लाख ५ हजार र तेस्रो हुनेले १ लाख ५ हजार पाउनेछन् । यस्तै चौथौ हुनेलाई ७५ हजार, पाचौँ हुनेलाई ५५ हजार,छैठौं हुनेलाई ४५ हजार र सातौं हुने टिमलाई ३५ हजार नगद पुरस्कार राखिएको आयोजकले जनाएको छ । अघिल्लो संस्करणमा भन्दा यस पटक पुरस्कार राशी बढाईएको हो ।
प्रतियोगितामा चार विधामा उत्कुष्ट हुने खेलाडीले यु एम स्कुटर पाउनेछन् । उत्कृष्ट खेलाडी ,उदयमान, बर्ष खेलाडी र प्लेयर अफ द सिरिज बन्ने खेलाडीले स्कुटर पाउनेछन् । त्यस्तै भाग्यशाली एक दर्शक र ग्रेट एचिभमेन्ट अवार्ड विजेतालाई एक एक थान मोटरसाइकल प्रदान गरिने छन् ।
खेल तालिका -