शनिबार, २३ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

एनएनआईपीए स्पोर्ट्स अवार्ड फागुनमा

आइतबार, १२ माघ २०७६खेलपाटी संवाददाता
एनएनआईपीए स्पोर्ट्स अवार्ड फागुनमा
Loading ad...
mustang rice ad

काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) को 'एनएनआईपीए स्पोर्ट्स अवार्ड' फागुन पहिलो साता आयोजना हुने भएको छ ।

एनएनआईपीएले आइतबार पत्रकार सम्मेलन गर्दै यस वर्षको अवार्ड फागुन ६ गते प्रदान गरिने जानकारी गराएको छ ।

अवार्ड कार्यक्रममा २८ खेलका उत्कृष्ट खेलाडी 'एनएनआईपीए वर्ष उत्कृष्ट खेलाडी' बाट सम्मानित हुने संघका अध्यक्ष दिपक श्रेष्ठले जानकारी गराए ।

एनएनआईपीएले गत वर्ष इन्डोनेसियामा आयोजना भएको १८ औं एसियन गेम्समा सहभागिता जनाएको खेल र प्रदर्शनको आधारमा २८ खेलका एक एक उत्कृष्ट खेलाडीलाई सम्मान गर्ने जनाएको छ ।

यस पटक फुटबल, पौडी, भलिबल, टेबल टेनिस, सुटिङ, बक्सिङ, प्याराग्लाइडिङ, भारोत्तोलन, लन टेनिस,कबड्डी, फेन्सिङ,स्क्वास,सेपाताक्रो र साइक्लिङ रहेका छन् । यस्तै स्पोर्ट्स क्लाईम्बिङ, पेन्कक सिलात, कुराश, रोलर स्पोर्ट्स, बास्केटबल,तेक्वान्दो, ब्याडमिन्टन, ट्रायथलन,कराते,जुडो,उसु,आर्चरी, एथलेटिक्स, गल्फ र कुस्ती समावेश छन् ।

सम्मानित हुने २८ खेलका प्रत्येक खेलाडीले १० हजार नगद पाउने छन् । यस्तै विजेता खेलाडीको फोटोसहितको क्यालेन्डर प्रकाशन हुनेछ ।

यस वर्षबाट दुई खेलाडीलाई सर्वोकृष्ट वर्ष खेलाडीले सम्मान गरिने आयोजकले जनाएको छ । संघले २९ खेलका उत्कृष्ट खेलाडीमध्ये एक महिला र एक पुरुषलाई जनही १/१ लाखले सम्मान गर्ने जनाएको हो ।

त्यस्तै, अवार्ड कार्यक्रममा पहिलो अन्तर्राष्ट्रिय धावक गजराज जोशीको नाममा रहेको ‘गजराज आदर्श खेलाडी’ बाट एक जनालाई सम्मान गरिनेछ । गजराज आदर्श खेलाडीको विजेताले ३५ हजार नगद प्राप्त गर्नेछन् ।

यस वर्षपनि एक जना खेल पत्रकारलाई एनएनआईपिए पत्रकारिता पुरस्कारबाट सम्मानित गर्ने जनाएको छ । जसको पुरस्कार राशी नगद २५ हजार रहेको छ ।

यस पटक पारा खेलकुदका एक उत्कृष्ट खेलाडीलाई पनि सम्मान गरिने आयोजकले जनाएको छ ।

कार्यक्रममा बोल्दै एनएनआईपीएका अध्यक् षदिपक श्रेष्ठले सबै खेलका खेलाडीलाई सम्मान र समर्थन गर्न अवार्ड कार्यक्रम गरिरहेको बताए ।

'हरेक वर्ष यस कार्यक्रम गर्न सक्छौ भनेर कार्यक्रम आयोजना गरेको हो । सबै विधाका खेलाडीलाई समेट्न कार्यक्रम गरेका हौँ । ठुलो रुपमा गर्न नसकेपनि सक्ने गरिरहेका छौँ,' अध्यक्ष श्रेष्ठले भने ।

मुख्य प्रायोजक ग्लोबल आईएमई बैंकका छबि लाल हुमागाईले यस कार्यक्रमसँग जोडिन पाउँदा बैंक गौरभान्वित भएको बताए ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
युनाइटेड पराजित, सिटीले अंक गुमायो

युनाइटेड पराजित, सिटीले अंक गुमायो

रोड्रिगोलाई पुरानै चोटले चेप्यो

रोड्रिगोलाई पुरानै चोटले चेप्यो

एलनको विश्वकीर्तिमान

एलनको विश्वकीर्तिमान

विश्वकप  प्लेअफका खेलको टिकट मूल्य जम्मा १७ डलर !

विश्वकप प्लेअफका खेलको टिकट मूल्य जम्मा १७ डलर !

रोनाल्डो केही समय मैदान बाहिर रहने

रोनाल्डो केही समय मैदान बाहिर रहने

लिभरपुलमाथि वुल्भको सनसनीपूर्ण जित

लिभरपुलमाथि वुल्भको सनसनीपूर्ण जित

१३ वर्षपछि पहिलो पटक फाइनलमा एट्लेटिको

१३ वर्षपछि पहिलो पटक फाइनलमा एट्लेटिको

बैंग्लुरुले आईपीएलका ५ खेल घरेलु मैदानमा खेल्ने

बैंग्लुरुले आईपीएलका ५ खेल घरेलु मैदानमा खेल्ने