काठमाडौं । न्यू डायमण्ड स्पोर्ट्स क्लबकी प्रतिभा माली र हेल्प नेपाल स्पोर्ट्स क्लबका अमित पाँचौ संकरणको आरबीबी एनभीए राष्ट्रिय पुरुष-महिला क्लब भलिबल च्याम्पियनसिपमा सर्वोकृष्ट खेलाडी घोषित भएका छन् ।
त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा शुक्रबार सकिएको प्रतियोगितामा महिलातर्फ प्रतिभा र पुरुषमा अमित सर्वोकृष्ट चुनिएका हुन् । प्रतिभाको उत्कृष्ट प्रदर्शनको बाबजुत न्यू डायमण्ड फाइनलमा एपीएफसँग पराजित भएको थियो । अमितको उत्कृष्ट प्रदर्शनले हेल्प नेपालले एपीएफलाई हराएर उपाधि जितेको थियो ।
सर्वोकृष्ट चुनिएसँगै प्रतिभा र अमितले जनही २५/२५ हजार प्राप्त गरे ।
पुरुषतर्फ उत्कृष्ट स्पाइकर आर्मीका राजेन्द्र बिष्ट,उत्कृष्ट ब्लकर हेल्प नेपालका याम क्षेत्री, उत्कृष्ट सेटर हेल्पका विकास कुमार, उत्कृष्ट लिब्रो एपीएफका बिनोद चन्द, उत्कृष्ट सर्भर एपीएफका विजय थापा र उत्कृष्ट प्रशिक्षक हेल्पका सोम्भिराम बलवान सिंह चुनिए ।
महिलातर्फ उत्कृष्ट स्पाइकर एपीएफकी सरस्वती चौधरी घोषित भईन् । उत्कृष्ट ब्लकर आर्मीकी सुनिता खड्का, उत्कृष्ट सेटर एपीएफकी बिनिता बुढाथोकी, उत्कृष्ट लिब्रो न्यू डायमण्डकी सलिना श्रेष्ठ, उत्कृष्ट सर्भर न्यू डायमण्डकी प्रतिभा माली र उत्कृष्ट प्रशिक्षक एपीएफका महेश चौधरी चुनिए ।
पुरुष र महिला दुवैतर्फका उत्कृष्ट स्पाइकर, लिब्रो, सर्भर, ब्लकर, सेटर र प्रशिक्षकले जनही १०/१० हजार प्राप्त गरे ।