काठमाडौं । पाँचौ संकरणको आरबीबी एनभीए राष्ट्रिय महिला-पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको फाइनल खेलमा न्यू डायमण्ड स्पोर्ट्स क्लबकी प्रतिभा माली घाइते भएकी छिन् ।
त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा एपीएफ क्लबविरुद्ध अहिले जारी खेलको तेस्रो सेटको दौरान प्रतिभा घाइते भएकी हुन् ।
एपीएफविरुद्ध स्पाइक गर्ने क्रममा प्रतिभा लड्न पुगेकी थिइन् । उनलाई स्ट्रेचरमा राखेर कोर्ट बाहिर निकालिएको थियो ।
चोट बोकेपछि उनलाई तत्काल अस्पताल लागिएको थियो । अस्पतालले उनको घुँडामा चोट लागेको जनाएको छ ।
प्रतिभाले केहि दिन अस्पतालमै बस्नु पर्ने भएको छ । घुँडामा रगत जमेको कारण चोटको एक्सरे समेत दुई दिन पछि मात्र गरिने भएको छ ।