काठमाडौं । त्रिभुवन आर्मी क्लब पाँचौ संकरणको आरबीबी एनभीए राष्ट्रिय महिला-पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फ तेस्रो भएको छ ।
त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा शुक्रबार भएको खेलमा नेपाल पुलिस क्लबलाई ३-० को सेटमा हराएर आर्मी तेस्रो भएको हो ।
आर्मीले पुलिसमाथि २५-२२, २५-१३ र २५-२१ को सेटमा पराजित गर्यो ।
तेस्रो भएसँगै आर्मीले ५० हजार प्राप्त गरेको छ ।
महिलातर्फको फाइनलमा साविक विजेता एपीएफ क्लब र न्यू डायमण्ड स्पोर्ट्स क्लबबीच खेल हुनेछ । महिलाको फाइनल खेल अपरान्ह २ बजे सुरु हुनेछ ।