काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङमाथि भएको हातपातको घटनामा गम्भिर ध्यानकर्षण भएको जनाएको छ ।
प्रदेश लिगको व्यवस्थापनको बिषयलाई लिएर मनाङ जिल्लाका प्रतिनिधि तथा प्रदेश सभा सदस्य राजीव गुरुङ (मनाङ्गे) ले जिल्ला फुटबल संघका अध्यक्ष गुरुङमाथि गरेको हातपातको घटना आपत्तीजनक रहेको एन्फाले जनाएको छ ।
प्रदेश सभा सदस्य गुरुङले गरेको हातपात र घटनापछि व्यक्त गरेको अभिब्यक्तिले कानुनी राज्य, विधिको शासनको उपहास भएको भन्दै घटनाको भत्र्सना गर्दै निष्पक्ष छानविन गरेर दोषीमाथि कारबाही गर्न माग गरेको छ ।
गत मंगलबार प्रदेश सभा सदस्य गुरुङले जिल्ला फुटबल संघका अध्यक्षमाथि सार्वजनिक स्थलमै हातपात गरेका थिए ।
घटनाको चार दिनपछि प्रेस बिज्ञप्ती जारी गर्दै एन्फाले घटनाको विरोध गरेको हो ।
घटनापछि मनाङ्गेले एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पालाई कुट्न चाहेको भएपनि नभेटेपछि जिल्ला अध्यक्षमाथि हातपात गरेको बताएका थिए ।
उनले घटनाको दिन एन्फाका केन्द्रिय अध्यक्ष शेर्पा आक्रमण गर्न चाहेको बताएका थिए ।
तर प्रदेश सभा सदस्य समेत रहेका गुरुङले केन्द्रिय अध्यक्षमाथि सार्वजनीक रुपमा आक्रमणको धम्की दिदै जिल्ला अध्यक्षमाथि हातपात गरेको चार दिनपछि एन्फाले बिज्ञप्ती निकालेर विरोध जनाएको छ ।