काठमाडौं । साविक विजेता एपीएफ क्लब पाँचौ संकरणको आरबीबी एनभीए राष्ट्रिय महिला-पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ फाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा बिहिबार भएको पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई ३-० को सेटमा पराजित गर्दै एपीएफ उपाधि नजिक पुगेको हो ।
विभागीय डर्बीमा एपीएफले पुलिसमाथि २५-१५, २५-१६ र २५-२२ को सेटमा जित निकाल्यो ।
अब एपीएफले उपाधिका लागि न्यू डायमण्ड स्पोर्ट्स क्लब र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग खेल्नेछ ।
नेपाल भलिबल संघले आयोजना गरेको प्रतियोगिताको महिलाको विजेताले २ लाख पुरस्कार पाउने छन् । यस्तो दोस्रोले १ लाख र तेस्रोले ५० हजार पाउने छन् ।
सर्वोकृष्ट खेलाडीले २५ हजार पाउने छन् । यस्तै उत्कृष्ट स्पाइकर, लिब्रो, सरभर,बल्कर, लिफ्टर र प्रशिक्षकले जनही १०/१० हजार पाउने छन् ।