काठमाडौं । तनहुँमा राष्ट्रव्यापी विद्यालय स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ ।
पञ्चमुनिदेव माध्यमिक विद्यालय दुलेगौँडाले स्थापनाको स्वर्ण महोत्सवको अवसरमा प्रतियोगिताको आयोजना गर्ने भएको हो ।
प्रतियोगिता बुधबारबाट सुरु हुने विद्यालयका सूचना अधिकारी लक्ष्मण पुरीले पत्रकार सम्मलेनबाट जानकारी गराए ।
कुल १६ टिमले सहभागिता जनाउने प्रतियोगिताको फाइनल खेल माघ १० गते हुनेछ ।
प्रतियोगिताको विजेता विद्यालयले उपाधि ट्रफीसहित ५० हजार रुपैयाँ नगद पाउने छन् । यस्तै दोस्रोले ३० हजार र तेस्रो २० हजार रुपैयाँ पाउने छन् ।
यस्तै, शुक्रबार विद्यालय स्तरीय छात्रा दौड प्रतियोगिता हुने भएको छ । गाछेपानीदेखी खैरेनीटारसम्म ५ किलोमिटर दुरीमा हुने दौडमा पहिलो, दोस्रो र तेस्रोले क्रमश : १० हजार, ७ हजार र ५ हजार रुपैयाँ पाउने छन् ।
विद्यालयले माघ १४ गते आफ्नो स्वर्ण जयन्ति मनाउदै छ ।