शनिबार, १३ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

सेमिफाइनलमा न्यू डायमण्ड र आर्मी भिड्ने

मंगलबार, ०७ माघ २०७६गिता राई
सेमिफाइनलमा न्यू डायमण्ड र आर्मी भिड्ने
Loading ad...
mustang rice ad

काठमाडौं । न्यू डायमण्ड स्पोर्ट्स क्लब समूह विजेता बन्दै पाँचौ संकरणको आरबीबी एनभीए राष्ट्रिय महिला-पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ सेमिफाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा मंगलबार भएको समूह चरणको अन्तिम खेलमा ढोरपाटन स्पोर्ट्स क्लबलाई ३-० को सेटमा पराजित गर्दै न्यू डायमण्ड समूह 'बी' को विजेता बनेको हो ।

न्यू डायमण्डले ढोरपाटनमाथि २५-३, २५-१६ र २५-१२ को सेटमा जित निकाल्यो । ढोरपाटनविरुद्ध न्यू डायमण्डले दोस्रो सेटबाट दोस्रो रोजाईका खेलाडी खेलाएको थियो ।

जितसँगै समूह 'बी' को न्यू डायमण्डले ५ अंक जोड्यो । दुई खेलमा हार व्यहोरेको ढोरपाटन प्रतियोगिताबाट बाहिरिएको छ ।

यस समूहमा ४ अंक जोडेको नेपाल पुलिस क्लब समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।

अब न्यू डायमण्डले सेमिफाइनलमा समूह 'ए' को उपविजेता त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ ।

यस्तै पुलिसले समूह 'ए' को विजेता एपीएफसँग खेल्नेछ ।

साविक विजेता समेत रहेको एपीएफले मंगलबार आर्मी क्लबलाई ३-१ को सेटमा पराजित गर्दै समूह विजेता बनेको थियो ।

विभागीय डर्बी भिडन्तमा एपीएफले आर्मीलाई २५-१०, १९-२५, २५-१८ र २५-११ ले पराजित गरेको थियो ।

जितसँगै समूह 'ए' को एपीएफले समूह चरणमा शतप्रतिशत जित निकाल्यो । ३ खेलमा ३ जितसहित एपीएफले ९ अंक जोड्यो ।

एपीएफले पहिलो खेलमा जावलाखेल भलिबल प्रशिक्षण केन्द्र र दोस्रो खेलमा भरतपुर मेट्रो खेलकुद परिषदलाई हराएको थियो ।

आर्मी भने समूह उपविजेता बन्दै अन्तिम चारमा पुगेको छ । आर्मीले ३ खेलमा ६ अंक जोड्यो । आर्मीले यस अघि भरतपुर र जावलाखेललाई नै हराएको थियो ।

यस समूहबाट भरतपुर र जावलाखेल भने समूह चरणबाट बाहिरिएका छन् ।

नेपाल भलिबल संघले आयोजना गरेको प्रतियोगिताको महिलातर्फ ७ टिमको सहभागिता रहेको छ ।

माघ १० गतेसम्म चल्ने प्रतियोगिताको महिला र पुरुष दुवैको विजेताले २ लाख पुरस्कार पाउने छन् । यस्तो दोस्रोले १ लाख र तेस्रोले ५० हजार पाउने छन् ।

महिला र पुरुषको सर्वोकृष्ट खेलाडीले २५/२५ हजार पाउने छन् । यस्तै उत्कृष्ट स्पाइकर, लिब्रो, सरभर,बल्कर, लिफ्टर र प्रशिक्षकले जनही १०/१० हजार पाउने छन् ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मंगोलियाका स्टार आउटसाइड हिटर अन्नपूर्णमा

मंगोलियाका स्टार आउटसाइड हिटर अन्नपूर्णमा

एनभीएलको ट्रफी सार्वजनिक

एनभीएलको ट्रफी सार्वजनिक

एभरेस्ट वुमन्स भलिबल लिग असोजमा

एभरेस्ट वुमन्स भलिबल लिग असोजमा

Loading ad...
xTreme Energy Drink
रियलको पहिलो प्रतिद्वन्द्वी इन्टर

रियलको पहिलो प्रतिद्वन्द्वी इन्टर

अभागी लिभरपुल

अभागी लिभरपुल

बारकोला लिभरपुल जाने

बारकोला लिभरपुल जाने

अन्तिम खेलमा पनि नेपाल पराजित

अन्तिम खेलमा पनि नेपाल पराजित

टप एन्ड टी–२० सरिजबाट आज र भोलि उठेको रकम नेपाली बाढीपीडितलाई सहयोग गरिने

टप एन्ड टी–२० सरिजबाट आज र भोलि उठेको रकम नेपाली बाढीपीडितलाई सहयोग गरिने

मंगोलियाका स्टार आउटसाइड हिटर अन्नपूर्णमा

मंगोलियाका स्टार आउटसाइड हिटर अन्नपूर्णमा

सुखद अन्त्य गर्ने लक्ष्यमा नेपाल

सुखद अन्त्य गर्ने लक्ष्यमा नेपाल

सानदार सिटी

सानदार सिटी