काठमाडौं । सन् २०२० को ओलम्पिकमा सहभागिता जनाउने खेलाडीको प्रि ट्रेनिङ क्यापका लागि नेपाल ओलम्पिक कमिटी (एनसोसी) ले जापानको तोकुशिमा शहरसँग सम्झौता गरेको छ ।
टोकियो ओलम्पिकमा सहभागिता जनाउने खेलाडीको तयारीका लागि एनओसीले सोमबार तोकुशिमा शहरसँग सम्झौता गरेको हो। एनओसीका अध्यक्ष जीवन राम श्रेष्ठ र तोकुशिमाका गर्भनर कामोन इजुमीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सोही अवसरमा पौडी तर्फबाट अध्यक्ष अशोक रत्न बज्रचार्य र आर्चरीको तर्फबाट दिपक राज गुरुङले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।
सम्झौतापछि बोल्दै एनओसीका अध्यक्ष श्रेष्ठले नेपाल र जापानको कुटनैतिक सम्बन्ध र नेपालको खेलकुद विकासमा जापान सरकारको महत्वपूर्ण भूमिका रहेको बताए ।
कार्यक्रममा जापानका लागि नेपालको राजदुत प्रतिभा रानाको पनि उपस्थिति रहेको थियो ।