काठमाडौं । नेपालले १२ औं कानाजावा कप अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको पहिलो दिन ६ स्वर्ण जित्न सफल भएको छ ।
शनिबार भएको पुरुष १३ बर्ष मुनीको एकल कातामा नेपालका बादल चन्दले स्वर्ण,नेपालकै सुरेन्द्र थापाले रजत जिते ।
त्यस्तै पुरुष १६ बर्ष मुनीको एकल कातामा नेपालका सुरेन्द्र तामाङले स्वर्ण र भारतका देवेन्द्र नामदेबले रजत जितेका छन् । पुरुष १६ बर्ष माथीको एकल कातामा भारतका रोहन र आयुष्मानले क्रमश स्वर्ण र रजत जित्न सफल भए ।
महिला तर्फ १३ बर्ष मुनीको एकल कातामा नेपालकी स्नकद्या जोशी पहिलो,नेपालकै यादनी शेर्पा दोश्रो भईन् । त्यस्तै महिला तर्फ १६ बर्ष मुनीको एकल कातामा नेपालकी खुस्वु जैसवाल पहिलो र नेपालकै अनिता लामा दोश्रो भईन् । महिला तर्फ १६ बर्ष माथीको एकल कातामा नेपालकी स्मृति तामाङ पहिलो र भारतकी सोनाली ढाक्रे दोश्रो भईन् । अनिता लामा दोश्रो भईन् ।देखि हुने भएको छ । महिला टिम कातामा नेपाल पहिलो र दोश्रो तथा पुरुष टिम कातामा भारत पहिलो र नेपाल दोश्रो भएका छन् ।
नेपाल सोतोकान कराते संघ (एसकेआईएफ) को आयोजनामा संचालन प्रतियोगितामा कुमुते र काता गरी जम्मा ३२ स्वर्णका लागि प्रतिस्पर्धा हुने छ ।
प्रतियोगितामा नेपाल,भारत र पाकिस्तान सहभागि छन् ।
प्रतियोगित संचालन अगाडि रेफ्रि सेमिनार सम्पन्न भएको छ । सेमिनारलाई आयोजक संघका उपाध्यक्ष एवं प्रमुख प्रशिक्षक निवासगोपाल वैद्य,बरिष्ठ प्रशिक्ष्श्रेष्ठलगायतले संचालन गरेका थिए । सेमिनारमा भारतका ३० जना सहित १३५ जना खेलाडी तथा प्रशिक्षकले सहभागिता जनाएका संघले जनाएको छ ।