काठमाडौं । साविक विजेता एपीएफ क्लबले पाँचौ संकरणको आरबीबी एनभीए राष्ट्रिय महिला-पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ विजयी सुरुवात गरेको छ ।
शनिबार भएको खेलमा जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई ३-० सोझो सेटमा पराजित गर्दै एपीएफले सुखद सुरुवात गरेको हो ।
त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा एपीएफले जावलाखेलमाथि २५-४,२५-८ र २५-८ को सेटमा जित निकाल्यो ।
अर्को खेलमा आर्मीले भरतपुर मेट्रो खेलकुद परिषदलाई ३-० को सेटमा पराजित गर्यो । आर्मीले भरतपुरलाई २५-८,२५-२० र २५-१० ले हरायो ।
पुरुषतर्फ नयाँ बजार सामाजिक युथ क्लबले आरजी ग्रुपलाई ३-० को सेटमा पराजित गर्यो । नयाँ बजारले आरजीलाई २५-२०,२५-१६ र २५-१८ ले हरायो ।
अर्को खेलमा भने नेपाल पुलिस क्लबले वाकओभर पाएको छ । पार्वती भलिबल क्लब नआएपछि पुलिसले वाकओभर पाएको हो ।
प्रतियोगिताको पुरुषतर्फ ११ टिमको सहभागिता रहेको छ । महिलातर्फ ७ टिमको सहभागिता रहेको छ ।
माघ १० गतेसम्म चल्ने प्रतियोगिताको महिला र पुरुष दुवैको विजेताले २ लाख पुरस्कार पाउने छन् । यस्तो दोस्रोले १ लाख र तेस्रोले ५० हजार पाउने छन् ।
महिला र पुरुषको सर्वोकृष्ट खेलाडीले २५/२५ हजार पाउने छन् । यस्तै उत्कृष्ट स्पाइकर, लिब्रो, सरभर,बल्कर, लिफ्टर र प्रशिक्षकले जनही १०/१० हजार पाउने छन् ।