गौतम बुद्ध हिमालय अन्तर्राष्ट्रिय कराते हुने
काठमाडौं । नेपाल सितोरियो कराते डो संघले प्रथम गौतम बुद्ध हिमालय अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप पोखरामा आयोजना गर्ने भएको छ ।
नेपाल भ्रमण वर्ष २०२०, सचिवालय संगको सहकार्यमा हुन लागेको प्रतियोगिता मार्च ५ देखि ९ तारिखसम्म हुने प्रतियोगिता संयोजक राजीव थापाले जानकारी गराए ।
करिब ३० राष्ट्रबाट २ हजारको सहभागिता अपेक्षा गरिएको नेपाल सितोरियो कराते डो संघका अध्यक्ष दावा गुरुङले जानकारी दिए । सिनियर, जुनियर र भेट्रानमा गरी जम्मा २७ स्पर्धामा प्रतिस्पर्धा हुने छ ।
पत्रकार सम्मेलनमा अध्यक्ष गुरुङले भ्रमण वर्ष २०२० लाई सफल बनाउन यो प्रतियोगिताले पनि सहयोग पु¥याउने विश्वास व्यक्त गर्दै भ्रमण वर्षलाई सफल बनाउन हरेक क्षेत्रले आ–आफ्नो तर्फबाट सक्दो प्रयास गर्नु पर्ने धारणा व्यक्त गरे ।
नेपाल भ्रमण वर्ष २०२० का सदस्य–सचिव बच्चुनारायण श्रेष्ठले खेलकुदको माध्यमबाट पनि विदेशी पर्यटकलाई नेपाल आउन आकर्षित गर्न सकिन्छ भन्ने मान्यताका साथ प्रतियोगितालाई सहयोग गर्न लागिएको बताए । प्रतियोगिता सञ्चालन गर्न करिब ५ करोड खर्च हुने बताइएको छ ।






-1761998475071.jpg&w=3840&q=75)
-1761641224925.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)

-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


