काठमाडौं । विभागीय टिम नेपाल एपीएफ क्लबले पाँचौ संकरणको आरबीबी एनभीए राष्ट्रिय महिला-पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ विजयी सुरुवात गरेको छ ।
त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा शुक्रबार भएको खेलमा रारा बुलबुले क्लबलाई ३-१ को सेटमा पराजित गर्दै एपीएफले सुखद सुरुवात गरेको हो ।
पहिलो सेट गुमाएको एपीएफले उत्कृष्ट पुनरागमन गर्दै जित निकालेको हो । एपीएफले खेलमा पहिलो सेट २३-२५ ले गुमाएको थियो ।
तर, त्यसपछिका तीन सेट लगातार २५-१२, २५-२० र २५-१८ ले जित्दै एपीएफले खेल आफ्नो बनाउन सफल भयो ।
जितसँगै समूह 'बी' मा रहेको एपीएफ क्वाटरफाइनल नजिक पुगेको छ । एपीएफले १ खेलमा २ अंक जोडेको छ ।
पुरुषतर्फ नै यस अघि साविक विजेता त्रिभुवन आर्मी क्लबले आरजी ग्रुपलाई ३-० को सेटमा पराजित गरेको थियो ।
आर्मीले आरजी ग्रुपलाई २५-९, २५-१६ र २५-९ ले पराजित गर्यो।
प्रतियोगिताको पुरुषतर्फ ११ टिमको सहभागिता रहेको छ ।
महिलातर्फ आज नै न्यू डायमण्ड क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
महिलातर्फ ७ टिमको सहभागिता रहेको छ ।
माघ १० गतेसम्म चल्ने प्रतियोगिताको महिला र पुरुष दुवैको विजेताले २ लाख पुरस्कार पाउने छन् । यस्तो दोस्रोले १ लाख र तेस्रोले ५० हजार पाउने छन् ।
महिला र पुरुषको सर्वोकृष्ट खेलाडीले २५/२५ हजार पाउने छन् । यस्तै उत्कृष्ट स्पाइकर, लिब्रो, सरभर,बल्कर, लिफ्टर र प्रशिक्षकले जनही १०/१० हजार पाउने छन् ।