काठमाडौं । दोस्रो संस्करणको एभरेष्ट राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगिता माघ पहिलो साता आयोजना हुने भएको छ ।
एभरेष्ट तेक्वान्दोको नेपाल शाखाले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता माघ २ देखि ४ गतेसम्म हुने जनाएको छ ।
प्रतियोगिता सातदोबाटोस्थित नेपाल तेक्वान्दो एकेडमीको हलमा हुनेछ ।
प्रतियोगितामा ७ प्रदेशबाट १२ सय खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा ११० वर्ण, ११० रजत र २२० कास्य पदकको लागि प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा पुरुष ग्योरोगीतर्फ ३८ र महिलामा ३८ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । यसैगरी पुम्से विधामा पुरुषतर्फ १२ र महिलातर्फ १२ तौल समूहमा खेल हुनेछ ।
प्रतियोगिताको टिम च्याम्पियन टिमले १ लाख प्राप्त गर्ने छन् । टिमको उपविजेताले ५० हजार र तेस्रो हुनेले २५ हजार पाउने छन् ।
प्रतियोगिताका उत्कृष्ट महिला र पुरुष खेलाडीले १०/१० हजार पाउने छन् । त्यस्तै उत्कृष्ट दुई निर्णायकलाई पनि १०/१० हजार प्रदान गरिनेछ ।
प्रतियोगिताको दौरान सहभागी ७ वटै प्रदेशका उत्कृष्ट तथा विपन्न डोजाङलाई १ लाख ५० हजार बराबरको खेल सामग्री वितरण गरिनेछ ।