स्वर्णधारी मण्डे नगदसहित सम्मानित
शनिबार, पुष २६, २०७६खेलपाटी संवाददाता

काठमाडौं । नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा दुई स्वर्ण विजेता कराते खेलाडी मण्डे काजी श्रेष्ठ नगदसहित सम्मानित भएका छन् ।
शिखरदिप बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले शनिबार मण्डे काजीलाई नगद २५ हजारसहित सम्मान गरेको हो । संस्थाको वार्षिक साधारणसभाको अवसरमा मण्डे सम्मानित भएका हुन् । सागमा उनले एकल कता र टिम कातामा स्वर्ण जितेका थिए ।
यस्तै सहकारीले सागमा रजत पदक विजेता भारोत्तोलनकी लक्ष्मी बनलाई पनि १० हजार नगदले सम्मानित गरेको छ ।
उनीहरुलाई प्रमुख अतिथि ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन र सहकारीका अध्यक्ष केदारनाथ शर्माले नगदसहित सम्मान गरेका थिए ।







-1761998475071.jpg&w=3840&q=75)
-1761641224925.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)

-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


