काठमाडौं । छैटौं संस्करणको सगरमाथा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता भोलिबाट सुरु हुने भएको छ ।
नेपाल सितोरियो कराते संघको वार्षिक कार्यक्रम अन्तर्गतको शाखा डोजो नक्सालको २१ औं वार्षिकोत्सवको अवसरमा हुने प्रतियोगिता आइतबारबाट सुरु हुने भएको हो । प्रतियोगिता पुस २९ गतेसम्म चल्नेछ ।
प्रतियोगितामा नेपाल सहित मित्र राष्ट्रहरु भारत ,बंगलादेश, पाकिस्तान, श्रीलंका र भुटानका करिब दुई हजार पाँच सय खेलाडी, प्रशिक्षक, निर्णायक तथा अफिशियलहरुको सहभागिता रहनेछ ।
पुरुषतर्फको जुनियर तथा क्याडेट ईभेन्टसमा २०,२३,२५,२७,३०,३३,३५,४० र पुरुषकै सिनियरतर्फ ४५, ५०, ५५, ६०, ६७, ७५, ८४ किलोका साथै एकल काता र टिम काता गरी १८ ईभेन्टस् र महिलातर्फ जुनियर तथा क्याडेट २०,२३,२५,२७,३०,३३,३५,४० र महिलाकै सिनियरतर्फ ४५, ५०, ५५, ६१ ,६७,६८ किलो तौल समूहमा तथा एकल काता र टिम काता सहित १७ ईभेन्टस् गरी कुल ३७ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ ।
गत वर्ष भएको पाँचौं सगरमाथा अन्तराष्ट्रीय कराते प्रतियोगितामा नेपालको तर्फबाट आयोजक टिम नक्साल डोजो ६ स्वर्ण ७ रजत र ५ कास्य पदक सहित टिम च्याम्पियन भएको थियो ।
प्रतियोगिताका खेलहरु नक्साल नारायणचौर स्थित स्टार भेन्युमा संचालन हुनेछ ।