प्रदेश स्तरीय फुल कन्ट्याक्ट कराते हुने

पोखरा । पोखरामा १९ औं संस्करण माछापुच्छ्रे गण्डकी प्रदेश स्तरीय फुल कन्ट्याक्ट कराते प्रतियोगिता हुने भएको छ ।
नेपाल क्युकोसिन कान कराते संघ कास्कीको आयोजनामा प्रतियोगिता पुस २९ देखि माघ १ गतेसम्म आयोजना हुने भएको हो ।
प्रतियोगितामा करिब १ सय ५० खेलाडीको सहभागी हुने आयोजकले जनाएको छ । प्रतियोगिता अन्तर्गत २९ गते पोखरा रंगशालामा र १ गते ढुङ्गेसाँघुमा प्रतिस्पर्धा हुनेछ ।
पुरुषतर्फ ९ तौल समूह र महिलातर्फ ५ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । पुरुषतर्फ २५,३०,३५,४०,४५,५०,५५ र ६० केजी मुनि र खुला तौल समूहमा खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । महिलातर्फ ३५,४०,४५,५० र खुला तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई शिल्सिड, मेडल र प्रमाणपत्रले सम्मान गरिनेछ ।
प्रतियोगिता आयोजना गर्न ५ लाख खर्च हुने र २ लाख बचत गर्ने आयोजकले योजना बनाएको छ । बचत रकमबाट खेलाडीलाई आवश्यक पर्ने म्याट, प्याड लगायत खेलाडीलाई आवश्यक पर्ने सामाग्री किन्ने आयोजकले जनाएको छ ।






-1761998475071.jpg&w=3840&q=75)
-1761641224925.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)

-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


