काठमाडौं । भलिबललाई नेपालको राष्ट्रिय खेलकाे मान्यता दिन ससंदीय समिति सहमत भएका छन् ।
संसदको महिला, शिक्षा तथा स्वास्थ्य समितिमा प्रस्तुत राष्ट्रिय खेलकुद विकास विधेयकमा छलफल गर्दै सांसदहरूले भलिबललाई राष्ट्रिय खेलकाे मान्यता दिने निर्णय गरेका हुन् ।
राष्ट्रिय सभाबाट पारित विधेयकमा नेपाल सरकारले परिषदकाे सिफारिसमा कुनै एक खेललाई नेपालकाे राष्ट्रिय खेलकाे रूपमा घाेषणा गर्न सक्ने उल्लेख थियाे ।
यस्तै, सरकारले परिषदकाे सिफारिसमा कुनै खेललाई नेपालकाे राष्ट्रिय खेलकाे रूपमा घाेषणा गर्न सक्ने उल्लेख छ ।
बैठकले बिधेयककाे दफा ३८ काे २ उपधारा १ बमाेजिम ऐन प्रारम्भ हुनुअघि सरकारले राष्ट्रिय खेलकाे रूपमा घाेषणा गरेकाे भलिबल खेललाई यसै ऐन बमाेजिम राष्ट्रिय खेलकाे रूपमा घाेषणा गरेकाे मानिने उल्लेख गरेकाे छ ।
भलिबललाई सरकारले राष्ट्रिय खेलको घोषणा गरेपनि खेलकुद बिधेयकमा समेटिएकाे थिएन ।
बिस २०७४ को जेठ ८ गतेको मन्त्रिपरिषद् बैठकले भलिबललाई नेपालको अधिकारिक राष्ट्रिय खेलको रुपमा मान्यता दिने निर्णय गरेको थियो ।