मिलन युवा क्लबलाई उपाधि
आइतबार, पुष २०, २०७६खेलपाटी संवाददाता

काठमाडौं । कास्कीको माछापुच्छ्रे गाउँपालिका घलेलमा आयोजना भएको भलिबल प्रतियोगिताको उपाधि मिलन युवा क्लब धम्पुसले जितेको छ ।
आइतबार भएको फाइनलमा जुरे भूमि युवा क्लबलाई ३-० को सोझो सेटमा हराएर मिलनले उपाधि जितेको हो । उपाधि जित्ने क्रममा मिलनले जुरे भूमिलाई २५-२०, २५-२१ र २५-२२ को सेटमा पराजित गर्यो ।
उपाधिसँगै मिलनले ७० हजार नगद प्राप्त गरेको छ । उपविजेता जुरे भूमिले ४० हजारमा चित्त बुझाएको छ ।
१२ औं ल्होछार घलेल उत्सवको अवसरमा प्रतियोगिता आयोजना भएको थियो ।











-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)


