काठमाडौं । काठमाडौं विद्या कुञ्ज सेकेन्डरी स्कुल (केभीकेएसएस) को आयोजनामा दोश्रो केभीकेएसएस अन्तरविद्यालय बास्केटबल प्रतियोगिता बुधबारदेखि हुने भएको छ ।
प्रतियोगितामा ब्वाइजतर्फ २४ र गल्र्समा १६ गरी ४० टिमको सहभागिता रहने केभीकेएसएसका प्रिन्सिपल प्रेमप्रसाद कँडेलले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । ब्वाइज टिमलाई ८ समूह र गल्र्सलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।
प्रिन्सिपल कँडेल विद्यालयबीचको आपसी सम्बन्धलाई अझ सुमधुर बनाउन र विद्यार्थीलाई पढाईंमा मात्र नभइ अत्तिरिक्त क्रियाकलापमा पनि अब्बल बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए ।
नौ दिने प्रतियोगिताका खेलहरु टोखास्थित आयोजककै कोर्टमा हुनेछ । पहिलो संस्करणमा ह्याप्पी हिमालय चाइल्ड एकेडेमी (एचएचसीए) ब्वाइज र गल्र्स दुवैमा च्याम्पियन बनेको थियो ।