काठमाडौं । पहिलो संस्करणको इस्टपोल सेभेन 'ए' साइड फुटबल प्रतियोगिता पुस अन्तिम साताबाट सुरु हुने भएको छ ।
जोरपाटी नारायणटारस्थित इस्टपोल स्कुलले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता पुस २६ देखि माघ २ गतेसम्म हुने जनाएको छ ।
प्रतियोगितामा १५ विद्यालयका १६ टिमले प्रतिस्पर्धा गर्नेछ ।
विद्यालयको २५ औं वार्षिकोत्सवको अवसरमा छात्र र छात्रा फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको स्कुलका स्पोर्ट्स इन्चार्ज सुदर्शन घिमिरेले जानकारी गराए ।
एन्फाको नियम अनुसार आयोजना हुने प्रतियोगितामा छात्रहरुको हकमा १३ वर्ष, अधिकतम ५ फिट उचाई भएका र कक्षा ७ सम्मका खेलाडीले खेल्न पाउनेछन भने छात्रातर्फ ९ कक्षा सम्मका खेलाडीले भाग लिन पाउनेछन ।
प्रतियोगिताका सम्पूर्ण खेल इस्टपोल स्कुलको खेल मैदानमा हुनेछ ।
