न्यु डाइमण्ड महिला भलिबल पुस २३ बाट

काठमाडौं । तेस्रो संस्करणको न्यु डाइमण्ड कप राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिता पुस तेस्रो साताबाट सुरु हुने भएको छ ।
आयोजक न्यु डाइमण्ड स्पोर्ट्स क्लबले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता पुस २३ बाट २६ गतेसम्म आयोजना हुने जनाएको छ ।
प्रतियोगितामा ६ देखि ८ टिमको सहभागिता रहने आयोजकले जनाएको छ । टिमको तय भने केहि दिनमा हुने आयोजकले जनाएको छ ।
नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल क्लबको मैदानमा हुने प्रतियोगिताको पुरस्कार राशीमा वृद्धि गरिएको समेत प्रतियोगिताका संयोजक कुमार राईले जानकारी गराए ।
यस संस्करणको विजेताले ४ लाख १ सय १ रुपैया पाउने छन् । गत वर्ष विजेताले ३ लाख १ हजार पाएका थिए ।
यस्तै उपविजेताले ३ लाख १ सय १, तेस्रोले १ लाख ५१ हजार १ सय १ र चौंथोले ५१ हजार १ सय १ रुपैया पाउने छन् ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले २१ हजार १ सय पाउने छन् ।
व्यक्तिगत विधातर्फ स्पाइकर,ब्लकर,क्विकर,सेटर,सर्भर,डिफेन्डर र प्रशिक्षकलाई ७ हजार १ सय १ प्रदान गरिनेछ ।









-1762758084543.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

