काठमाडौं । राष्ट्रिय पुरुष भलिबल टिमका सदस्य हरि अधिकारी सम्मानित भएका छन् ।
क्विक स्पाइकर हरिलाई शनिबार अधिकारी समाजले साधारणसभाको अवसरमा सुनसरीको तालतलैयामा सम्मान गरेको हो ।
खेलकुदको क्षेत्रबाट अधिकारीको वंशलाई चिनाउन महत्वपूर्ण योगदान गरेको कारण उनलाई सम्मान गरिएको हो ।
त्रिभुवन आर्मी क्लबबाट खेल्ने हरि राष्ट्रिय टिमका नियमित सदस्य हुन् । हरि नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुदको टिममा समेत रहेका थिए ।
यस्तै नेपालमा भएको एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपको टिममा समेत हरि रहेका थिए ।