काठमाडौं । १५ औं संस्करणको सानमिगेल ढोरपाटन महिला डबल लिग भलिबल च्याम्पियनसिप माघ तेस्रो साताबाट सुरु हुने भएको छ ।
आयोजक ढोरपाटन स्पोर्ट्स क्लबले बिहिबार पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिप माघ १६ देखि २८ गतेसम्म हुने जानकारी गराएको हो ।
नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको भलिबल कोर्टमा आयोजना हुने च्याम्पियनसिपमा १२ टिमले प्रतिस्पर्धा गर्नेछन् ।
यस संस्करणमा साविक विजेता नेपाल एपीएफ क्लब, न्यु डायमन्ड एकेडमी, टप्स माबि, बुलबुले रारा क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, पारामाउण्ट माबि, चुली युवा क्लब, चितवन टाइगर्स, थ्री स्टार एकेडमी, जावलाखेल भलिबल केन्द्र र ढोरपाटन क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
पहिलो चरणको लिगपछि शीर्ष ७ टिम दोस्रो चरणमा पुग्नेछ । दोस्रो चरणको लिगपछि शीर्ष टिमले उपाधि जित्नेछ ।
च्याम्पियनसिपको विजेताले ४ लाख ५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै उपविजेतालाई २ लाख ५ हजार र तेस्रो हुनेले १ लाख ५ हजार पाउनेछन् । यस्तै चौथौ हुनेलाई ७५ हजार, पाचौँ हुनेलाई ५५ हजार,छैठौं हुनेलाई ४५ हजार र सातौं हुने टिमलाई ३५ हजार नगद पुरस्कार राखिएको आयोजकले जनाएको छ । अघिल्लो संस्करणमा भन्दा यस पटक पुरस्कार राशी बढाईएको हो ।
प्रतियोगितामा चार विधामा उत्कुष्ट हुने खेलाडीले यु एम स्कुटर पाउनेछन् । उत्कृष्ट खेलाडी ,उदयमान, बर्ष खेलाडी र प्लेयर अफ द सिरिज बन्ने खेलाडीले स्कुटर पाउनेछन् । त्यस्तै भाग्यशाली एक दर्शक र ग्रेट एचिभमेन्ट अवार्ड विजेतालाई एक एक थान मोटरसाइकल प्रदान गरिने छन् ।
प्रतियोगिताको कुल लागत ५१ लाख रहेको छ । लागतको ७० प्रतिशत रकम दर्शकबाट उठाउने योजना बनाईएको क्लब अध्यक्ष मनविर छन्त्यालले जानकारी गराए ।
पुरुष भलिबल :
यस्तै छैटौं संस्करणको ढोरपाटन पुरुष भलिबल प्रतियोगिता भने चैत ११ देखि १८ गतेसम्म हुनेछ ।
पुरुषतर्फको सहभागी टिम भने तय भएको छैन ।
पुरुषतर्फको विजेताले ३ लाख, उपविजेताले २ लाख र तेस्रोले १ लाख पाउने छन् । यस्तै चौंथोले ५० हजार र उत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल पाउने छन् ।
The 15th edition of the Sanmiguel Dhorpatan Women's Double League Volleyball Championship will begin from the January 30 to Febuary 11.
For the information of the tournament the Dhorpatan Sports Club organized a press conference on Thursday. Ten teams will compete in the Championshipwhich will held at the Dhorpatan Club Volleyball Court at New Bus Park.
In this edition, participating teams are:- Nepal APF Club, New Diamond Academy, Samakhusi , Bulbule Rara Club, Tribhuvan Army Club, Nepal Police Club, Paramount, Chuli Youth Club, Chitwan Tigers and Dhorpatan Club.
The top seven teams will advance to the second leg after the first leg of the league.
The top team will win the title after the second leg of the league.