काठमाडौं । तेस्रो राष्ट्रिय सोतोकान कराते च्याम्पियनसिपमा आयोजक सोतोकान कराते डो संघ (एसकेडियुएन) टिम च्याम्पियन बनेको छ । आयोजकले १२ स्वर्ण पदक हात पार्दै टिम च्याम्पियन बन्न सफल भएको हो ।
दोश्रो स्थानमा नेपाल निहोन सोतोकान कराते संघ र तेश्रो स्थानमा ईन्टरनेशनल मार्सल आर्ट संघ (आईएमए) भए । निहोनले २ स्वर्ण र आईएमएले एक स्वर्ण हात पारेको छ ।
प्रतियोगितामा आयोजक एसकेडियुएनका सागर चौलागाई पुरुष तर्फ र आईएसकेएफ सोतोकानकी खुस्बु जैसवाल महिला तर्फ उत्कृष्ट खेलाडी घोषित भए ।
बुढानिलकण्ड नगरपालिका २ महादेव खोलास्थित एसकेडियुएनको आफ्नै कभर्डहलमा भएको प्रतियोगिताको अनुशासित टिममा डब्लुएकेएफ सोतोकान कराते संघ रह्यो । आयोजक संघका विजय राई र आश्था थामी उदियमान खेलाडी घोषित भए ।
प्रतियोगितामा विभिन्न जिल्ला र आयोजकका गरि १५० खेलाडीहरुको सहभागिता रहेको आयोजक संघका महासचिव एवं सहायक मुख्य प्रशिक्षक गोविन्द श्रेष्ठले जानकारी गराए ।