आइतबार, १३ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

जगत मन्दिर र लाइसियम च्याम्पियन 

शनिबार, ०५ पौष २०७६खेलपाटी संवाददाता
जगत मन्दिर र लाइसियम च्याम्पियन 
Loading ad...
mustang rice ad

काठमाडौं । जगत मन्दिर र लाइसियम मोडेलले माफ अन्तरविद्यालय भलिबल प्रतियोगिताको उपाधि शनिबार जितेका छन् ।

जगत मन्दिर ब्वाइज तथा लाइसियम गर्ल्समा च्याम्पियन बने । प्रतियोगिता ब्वाइजको तेश्रो तथा गर्ल्सको चौथो संस्करण हो ।

माफद्वारा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा जगत मन्दिरले ग्लोबल पब्लिकलाई २५–२० र २५–२१ को सोझो सेटमा पराजित गर्यो । लाइसियमले सम्भावीलाई २–० ले हराउदै तेश्रो भयो ।

कालोपुलस्थित एडभान्स स्कुलमा भएको  गर्ल्सको उपाधि भिडन्तमा लाइसियमले विज किड्समाथि २५–१५ र २५–२१ को जित दर्ता गर्यो । तेश्रो भएको डिफेन्डिङ च्याम्पियन क्याम्ब्रिजले ग्लोबललाई २–० ले पाखा लगायो । दुवै समूहमा पहिलो हुनेले १० हजार, दोश्रोले ७ हजार, तेश्रोले ५ हजार र चौथोले ४ हजार नगद पुरस्कार प्राप्त गरे ।

ब्वाइजमा जगत मन्दिरका लाक्पा तामाङ र गर्ल्समा लाइसियमकी नन्दनी कर्ण उत्कृष्ट खेलाडी, ब्वाइजमा क्याम्ब्रिजका रोहितसिंह साउद र गर्ल्समा एडभान्सकी अनुष्का तामाङ उत्कृष्ट डिफेन्डर तथा ब्वाइजमा ग्लोबलका योञ्जनदेव गौतम र गर्ल्समा विज किड्सकी राशी उत्कृष्ट स्पाइकर घोषित भए ।

त्यस्तै ब्वाइजमा एडभान्सका अभिषेक मगर र गर्ल्समा क्याम्ब्रिजकी त्रिशला रावल उत्कृष्ट सर्भर, ब्वाइजमा जगत मन्दिरका मिङमा शेर्पा र गर्ल्समा लाइसियमकी अनिशा रोय उत्कृष्ट सेटर तथा ब्वाइजमा सम्भावीका निजल राई र गर्ल्समा ग्लोबलकी गीता घिमिरे उत्कृष्ट ब्लकर चुनिए । उत्कृष्ट सबैले जनही १ हजार नगद पुरस्कार हात पारे ।

विजेतालाई नेपाल भलिबल संघका उपाध्यक्ष कुमार सुवेदी, माफका अध्यक्ष राजन आचार्य, एडभान्सका प्रिन्सिपल पुरुषोत्तम देवकोटा, काठमाडौं महानगरपालिका वडा ५ का अध्यक्ष रमेश डंगोल, नेपाल भलिबल संघअन्तर्गत विद्यालय भलिबल कमिसनका अध्यक्ष राम केसीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

मंसिर ३० गतेदेखि सुरु प्रतियोगिताको ब्वाइज÷गर्ल्समा समान १२–१२ सहभागी थिए ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पुलिसको सहज सुरुआत

पुलिसको सहज सुरुआत

आर्मीमाथि एपीएफ हाबी

आर्मीमाथि एपीएफ हाबी

हेल्प नेपालको कप्तानी चिरनले गर्ने

हेल्प नेपालको कप्तानी चिरनले गर्ने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
६ टिमले लिए ८४ खेलाडी

६ टिमले लिए ८४ खेलाडी

बिच कबड्डीमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

बिच कबड्डीमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

एन्फाका पदाधिकारीलाई विदेश भ्रमणमा रोक

एन्फाका पदाधिकारीलाई विदेश भ्रमणमा रोक

नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा

नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा

अझै नयाँ घरेलु मैदानमा पहिलो जितको प्रतीक्षामा मियामी

अझै नयाँ घरेलु मैदानमा पहिलो जितको प्रतीक्षामा मियामी

टोटेनह्यामलाई रेलिगेसन टार्नै सकस

टोटेनह्यामलाई रेलिगेसन टार्नै सकस

ला लिगाको उपाधितर्फ एक कदम बार्सिलोना

ला लिगाको उपाधितर्फ एक कदम बार्सिलोना

डिफेन्डिङ च्याम्पियन एनआरटीलाई हराउँदै मछिन्द्रले जित्यो उपाधि

डिफेन्डिङ च्याम्पियन एनआरटीलाई हराउँदै मछिन्द्रले जित्यो उपाधि