कराते टोली भारत जाने

काठमाडौं । अठाइसौं खुला अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा सहभागी हुन ३२ सदस्यीय नेपाली सोतोकान कराते टोली बुधबार भारतको कोलकाता जाने भएको छ ।
पुस ५ र ६ गतेमा हुने प्रतियोगितामा विराज बुढा मगर, दिनेश बुढा मगर, कृष्ण लामा, रिजन लामा, मनीष घलान, प्रकाश शाही, इशान सापकोटा, सन्दिप लामा, निश्चल राउत, रेमन केसी, प्रकाश शाही, राज महर्जन, सिद्धार्थ न्यौपाने, कृष मानन्धर, यश महर्जन, राजेश यादव, सफल महर्जन, निलेश महर्जन, दीपेश राई, कविन गमाल, शिवम नेपाली, कृष्णबहादुर खड्का, आयुश लामा, सुजन तामाङ, किरण बुढा, प्रकाश आले मगर, कृषा शेर्पा, स्मृति बुढा मगर, प्रविका मानन्धर, युरिषा गिरी, दुर्गा सुनुवार र जुनु क्षेत्री रहेका छन् ।
अफिसियलमा नेपाल सोतोकान कराते संघका महासचिव एवं प्रमुख प्रशिक्षक श्याम शेर्पा तथा निर्णायकमा कृष्णकुमार मानन्धर, सुशान्त मोदक र राजु लामा छन् ।
टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे ।






-1761998475071.jpg&w=3840&q=75)
-1761641224925.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)

-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


