फिजम कपमा २८ टिम
आइतबार, २९ मंसिर २०७६खेलपाटी संवाददाता

काठमाडौं । संस्थागत विद्यालय सञ्चालकहरुको मञ्च (फिजम) को आयोजनामा चौथो फिजम कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता पुस १ गतेदेखि हुने भएको छ ।
प्रतियोगितामा पुरुष र महिलामा समान १४–१४ गरी २८ टिमको सहभागिता रहने आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक समेत रहेका फिजमका सह सचिव सुनील केसीले जानकारी गराए ।
पुस ७ गतेसम्म सञ्चालन हुने लिग कम नकआउट प्रतियोगिताका खेलहरु गोठाटारस्थित मोनास्टिक पब्लिक स्कुलको कोर्टमा हुने छ ।





-1786022688387.jpeg&w=3840&q=75)




-1787446454488.webp&w=3840&q=75)

-1787414009919.jpeg&w=3840&q=75)
-1787406623559.webp&w=3840&q=75)


