माफ भलिबल सोमबारबाट
आइतबार, मंसिर २९, २०७६खेलपाटी संवाददाता
काठमाडौं । म्युचल एकेडेमिक एक्टिभिटिज फोरम (माफ) को आयोजनामा तेश्रो माफ अन्तरविद्यालय भलिबल प्रतियोगिता सोमबारदेखि हुने भएको छ ।
प्रतियोगितामा ब्वाइज÷गल्र्सतर्फ समान १२–१२ गरी २४ टिमको सहभागिता रहने माफका अध्यक्ष राजन आचार्यले जनाएका छन् । दुवै समूहमा सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।
ब्वाइजमा क्याम्ब्रिज तथा गल्र्समा विज किड्स डिफेन्डिङ च्याम्पियन हुन् । पुस ५ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु कालोपुलस्थित एडभान्स बोर्डिङ स्कुलमा हुने छ ।









-1762763443397.jpg&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)
