कौस्तुभलाई फेका कप

काठमाडौं । कौस्तुभ एकेडेमीले चौधौं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।
पेप्सीकोला टाउन प्लानिङको मैदानमा भएको फाइनलमा कौस्तुभले करियरलाई ५–० गोलले पराजित गर्यो ।
कौस्तुभका विवश मगरले २ तथा राम खड्गी, कृष बुढाथोकी र रविन बमले १–१ गोल गरे । उपाधिसंगै कौस्तुभले ३० हजार तथा करियरले २० हजार नगद पुरस्कार हात पारे । तेश्रो भएको गेट्वे एकेडेमीले १० हजार तथा चौथो भएको कस्मिकले ५ हजार नगद पुरस्कार पाए ।
कौस्तुभका लक्ष्मण गुरुङ उत्कृष्ट खेलाडी, कौस्तुभकै विवश मगर सर्वाधिक गोलकर्ता (५ गोल), करियरका लक्ष्मण शाही उदीयमान खेलाडी, करियरकै साहिल बस्नेत उत्कृष्ट मिडफिल्डर, कौस्तुभका दीपेश थापा उत्कृष्ट गोलरक्षक, करियरका सुजन भट्टराई उत्कृष्ट डिफेन्डर र कौस्तुभका रविन पौडेल उत्कृष्ट प्रशिक्षक घोषित भए ।
विजेतालाई कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।








-1766407401552.jpeg&w=3840&q=75)


-1766387693977.webp&w=3840&q=75)
-1766372861061.webp&w=3840&q=75)
-1766372552050.webp&w=3840&q=75)