सागमा पदक विजेता कराते खेलाडी सम्मानित
काठमाडौं । ललितपुर जिल्ला कराते महासंघले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत करातेमा पदक जित्न सफल ललितपुरका खेलाडी र प्रशिक्षकलाई शनिबार नगदसहित सम्मान गरेको छ ।
करातेको पुरुष ८४ केजीमाथि विप्लवलाल श्रेष्ठले स्वर्ण, पुरुष ८४ केजीमुनि दिवस श्रेष्ठले रजत तथा पुरुष टिम कुमुतेमा मुकुन्द्र महर्जन र विनोद शाक्य गुभाजुले कांस्य जितेका थिए ।
स्वर्ण विजेतालाई २५ हजार, रजतलाई १५ हजार र कांस्यलाई समान १०–१० हजार नगद पुरस्कार प्रदान गरियो । काता प्रशिक्षकद्वय गोपाल महर्जन र गंगाराम महर्जन तथा कुमुते प्रशिक्षक दीपक श्रेष्ठलाई जनही १५ हजार नगद पुरस्कार दिइयो ।
सोही अवसरमा निर्णायकद्वय राजेन्द्र कपाली र महेश रन्जितलाई जनही १० हजार नगद पुरस्कारबाट पुरस्कृत गरियो ।
उनीहरुलाई पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह, राष्ट्रिय खेलकुद परिषद्का पूर्व कोषाध्यक्ष मिनकृष्ण महर्जन, ललितपुर जिल्ला कराते महासंघका अध्यक्ष सानुलाल श्रेष्ठलगायलतेसम्मान गरे ।






-1761998475071.jpg&w=3840&q=75)
-1761641224925.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)

-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


